एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
रौतहट १ बाट उनले उम्मेदवारी दर्ता गराएका हुन्।
आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ। निर्वाचन कार्यतालिकाअनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता भइरहेको छ।
अध्यक्ष नेपालको रौतहट गृहजिल्ला हो।