चितवन निर्वाचन क्षेत्र ३ मा माओवादी केन्द्रले डा.भोजराज अधिकारीलाई उम्मेदवार बनाउने भएको छ।
भरतपुर अस्पतालको अध्यक्ष रहेका डा. अधिकारीलाई प्रचण्डले छाडेको चितवन- ३ बाट उम्मेदवार बनाउने तयारी भएकाे माओवादी केन्द्रका एक नेताले जानकारी दिए।
यस क्षेत्रबाट २०७४ को चुनावमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनाव जितेका थिए। यसपटक पनि यहाँबाट उनै दोहोरिने चर्चा थियो। तर, अन्तिम समयमा प्रचण्डले गोरखाबाट निर्वाचन लड्ने निर्णय लिएका छन्।
यो क्षेत्रमा माओवादीका तर्फबाट भरपर्दो उम्मेदवार नपाएपछि डा.अधिकारीलाई अस्पतालको अध्यक्ष पदबाट राजीनामा गराएर उम्मेदवार बनाउन लागिएको हो।