भुसालका लागि रुपन्देही– १ होल्ड
नेकपा (एमाले)का नेता घनश्याम भुसाल नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बन्ने तयारी गरेका छन्। एमालेबाट टिकट नपाएपछि भुसाल आगामी चुनावमा माओवादीको कोटाबाट प्रतिस्पर्धा गर्ने तयारी गरेका हुन्।
विशेष स्राेतका अनुसार उनी यसबारे छलफल गर्नका लागि शनिबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुगेका थिए।
एमालेबाट रुपन्देही- ३ बाट चुनाव जित्दै आएका भुसाललाई ओलीले टिकट नदिएपछि उनी असन्तुष्ट भनेका छन्। एमालेले उनकाे निर्वाचन क्षेत्र राप्रपालाई दिने निर्णय गरेकाे छ।
त्यस्तै भुसालकाे लागि भनेर माओवादीले रूपन्देही क्षेत्र नं. १ हाेल्ड गरेर राखेकाे छ। भुसालले आफ्नो घर रहेको रुपन्देही– १ बाट चुनाव लड्ने इच्छा देखाएका छन्। रुपन्देही– १ बाट एमालेले छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ।