उदयपुरमा एमालेबाट चौधरी र श्रेष्ठले पाए टिकट, प्रदेशमा को-को ?

आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले उदयपुरमा उम्मेदवारको टुंगो लगाएको छ। 

दुई संघीय र चार प्रदेश निर्वाचन क्षेत्र रहेको उदयपुरमा एमालेले शुक्रबार उम्मेदवार टुंगो लगाएको हो। 

एमाले स्रोतका अनुसार उदयपुर क्षेत्र नम्बर-१ मा मञ्जु चौधरीले टिकट पाएकी छिन्। उनी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएकी थिइन्। 

उदयपुर १ (क) मा विमल कार्की उम्मेदवार बनेका छन्। उनी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। १ (ख) बाट इश्वरमणी राउतले टिकट पाएका छन्। 

यस्तै क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यमा ज्ञानेन्द्र श्रेष्ठले टिकट पाएका छन्। प्रदेश २ (क) मा देवराज राई र (ख) बाट जिवनाथ दाहालले टिकट पाएका छन्।
 

प्रकाशित मिति: : 2022-10-07 19:47:00

प्रतिकृया दिनुहोस्