मोरङमा एमाले र जसपाबीच गठबन्धन, को-को भए उम्मेदवार ?

बिएल संवाददाता

  विराटनगर 
BreaknLinks
BreaknLinks

मोरङमा नेकपा एमाले र जनता समाजवादी पार्टीले चुनावी गठबन्धन गर्दै उम्मेदवार टुंगो लगाएका छन्।

६ संघीय निर्वाचन र १२ प्रदेश निर्वाचन क्षेत्र रहेको मोरङमा एक संघीय निर्वाचन क्षेत्र र ३ प्रदेश निर्वाचन क्षेत्र जसपाले पाएको छ। एमालेले ५ संघीय र ९ प्रदेश निर्वाचन क्षेत्र लिएको छ।

मोरङ क्षेत्र नमबर १ मा घनश्याम खतिवडाले टिकट पाएका छन्। क्षेत्र नम्बर १ को प्रदेश निर्वाचन क्षेत्र (क) मा उमाकान्त गौतम र (ख) मा खड्ग बस्नेतले टिकट पाएका छन्।

क्षेत्र नम्बर २ मा एमाले मोरङमा अध्यक्ष ऋषिकेश पोखरेलले टिकट पाएका छन्। प्रदेश (क) मा डिबी कार्की र प्रदेश (ख) मा लिलाबल्लभ अधिकारी उम्मेदवार बनेका छन्।

३ बाट स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री भानुभक्त ढकालले टिकट पाएका छन्। उनी दोस्रो पटक यो क्षेत्रबाट उम्मेदवार बन्ने भएका छन्। यता प्रदेशमा किशोर राई र ज्ञानेन्द्र सुवेदीले टिकट पाएका छन्।

क्षेत्र नम्बर ४ बाट एमालेले केन्द्रीय सदस्य विनोद ढकाललाई टिकट दिएको छ। एक प्रदेश क्षेत्र जसपालाई छाडेर अर्को क्षेत्रमा एमालेले जयप्रकाश चौधरीलाई उम्मेदवार बनाएको छ। जसपाबाट सन्जय सिंहले टिकट पाएको एमाले स्रोतले जानकारी दिएको छ।

एमाले स्रोतका अनुसार मोरङ ५ जसपाले पाएको छ। यो क्षेत्रमा राजकुमार यादवले टिकट पाएका छन्। यो क्षेत्रमा पनि प्रदेशमा एक क्षेत्र जसपाका जयराम यादवलाई छाडेर अर्को क्षेत्रमा एमालेले सन्तोष शाहलाई टिकट दिएको छ।

मोरङ ६ बाट पुनः लालबाबु पण्डितले टिकट पाएका छन्। यता प्रदेश (क) बाट रिता न्यौपानेले टिकट पाउँदा (ख) मा जसपाका राजेन्द्र गुप्ताले टिकट पाएका छन्।
 

प्रकाशित मिति: : 2022-10-07 19:30:00

प्रतिकृया दिनुहोस्