प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवाविरूद्ध उम्मेदवारी नदिने भएकाे छ।
एमालेले देउवाको निर्वाचन क्षेत्र डडेलधुरामा नेपाली कांग्रेस (बीपी)का उम्मेदवार कर्ण मल्ललाई समर्थन गर्दै देउवाविरूद्ध उम्मेदवारी नदिने निर्णय गरेको हो।
योसँगै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २४ वर्ष साथ दिएका मल्लले उनीसँगै प्रतिस्पर्धा गर्ने भएका छन्। प्रदेशसभातर्फ भने दुबै क्षेत्रमा एमालेले उम्मेदवारी दिने भएको छ।
नेपाली कांग्रेसबाट विद्रोह गरी कांग्रेस (बीपी) मा लागेका मल्लसँग गएको स्थानीय चुनावमा पनि एमालेले तालमेल गरेको थियो।
यसअघि एमाले डडेलधुराले पूर्व प्रदेशमन्त्री पठानसिंह बोहोराको नाम एकल सिफारिस गरेको थियो।