नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन्। योसँगै भट्टराई दोस्रो पटक ताप्लेजुङबाट चुनाव लड्ने भएका हुन्।
यस्तै प्रतिनिधिसभामा दावी गरिरहेका तिलकुमार मेन्याङ्बोले प्रदेशसभाको टिकट पाएका छन। उनी प्रदेश (क) बाट उम्मेदवार बन्ने भएका हुन्। प्रदेश (ख) बाट मणिशंकर पोमुले टिकट पाएका छन्।