नेकपा (एमाले)का नेता भीम रावलले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि टिकट नपाउने भएका छन्।
स्राेतका अनुसार रावलकाे ठाउँमा झडप बोहोरालाई टिकट दिइएको छ।
अछाम–१ मा प्रतिनिधिसभामा बोहोराले टिकट पाउँदा प्रदेश सभामा कृष्णप्रसाद जैशी र देवबहादुर कुँवरले टिकट पाएका छन्।
नेकपा (माओवादी केन्द्र) छोडेर एमालेमा आएका बोहोरा केन्द्रीय सदस्य एवम् अछाम इन्चार्ज छन्। अध्यक्ष केपी शर्मा ओलीले बोहोरालाई उम्मेदवार बनाउने निर्णय गरेका हुन्। एमालेले टिकट वितरणको अधिकार अध्यक्ष ओलीलाई दिएको छ।
अछाम जिल्ला कमिटीले भने भीम रावललाई सर्वसहमत एकल सिफारिस गरेको थियो। दश बुँदे गरी एमालेमै बसेका रावल पूर्व उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री हुन्।