जनता समाजवादी पार्टी (जसपा) नेपाल सत्तारुढ गठबन्धनबाट बाहिरिएको छ।
मंसिर ४ गते हुने चुनावका लागि तालमेल गर्दा सत्तारुढ गठबन्धनले पर्याप्त सिट नदिएपछि जसपा गठबन्धनबाट बाहिरिएकाे हाे। याेसँगै जसपाले एमालेसँग तालमेल गर्ने तयारी गरेकाे छ।
सत्तारूढ गठबन्धबाट बाहिरिएसँगै पार्टी अध्यक्ष उपेन्द्र यादव एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकाेट पुगेका छन्। यसअघि बिहीबार दिउँसाे पनि ओली र यादवबीच छलफल भएकाे थियाे।
एमालेले यसअघि नै जसपालाई २५ सीट दिएर चुनावी तालमेल गर्ने अनौपचारिक सहमति गरिसकेकाे स्राेतले जनाएकाे छ। तर, यसमा सहमति भने जुटेकाे छैन।