ट्राफिक प्रहरीलाई तीन प्रश्न : नक्कली टिकट बेच्ने व्यापारीलाई कारवाही के हुन्छ?

उमेश थापा

काठमाडौं

नेपालीहरुको महान चार्ड दसैँ नजिकिएसँगै काठमाडौंबाट गाउँ जानेहरुको लर्को पनि बढिरहेको छ। तर दसैँमा घर जानेहरुले महँगो भाडा, सिट नपाउने र जोखिम यात्रा गर्नुपर्ने जस्तो समस्या भोग्नु परिरहेकाे छ।

त्योसँगै यातायात क्षेत्रमा कालो बजारीको पनि बिगबिगी छ। त्यसैगरी यात्रुहरुलाई नक्कली टिकट पनि बेचिरहेका छन्। जसकारण यात्रुहरू घर जान पाउँदैनन् र पैसा पनि डुबिरहेकाे छ।

यसरी यात्रुहरू मर्कामा हुँदा पनि ट्राफिक प्रहरीले के–कस्ता काम गरिरहेका छन् त? साेही सन्दर्भमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयका प्रवक्ता राजेन्द्र प्रसाद भट्टसँग बिएल नेपाली सेवा लागि उमेश थापाले सोधेका तीन प्रश्न?

दसैँमा घर जाने यात्रुहरूकाे सङख्या लगभग बीस लाख हुन्छन् तर, गाडी भाडामा जनताहरु ठगिन्छन् नी किन?

हो, दसैँमा काठमाडौंबाट घरजानेहरु लाखौं हुन्छन्। हामीले पहिलेकाे भन्दा यो पटक निकै राम्रोसँग काम गरिरहका छौं। विगतका दिनहरूमा जस्ताे अहिले गाडीकाे छतमा बस्नु पर्दैन, मुडा वा झुन्डिएर गाउँ जान पर्दैन। हामीले नाका–नाकामा ट्राफिक प्रहरी खटाएका छाैँ। यदी त्यस्ताे भेटियो भने तुरुन्तै कारवाही गछौं र त्यस गाडीका मानिसहरुलाई हामीले अर्कौ गाडीमा राम्राेसँग घरसम्म पुग्ने बन्दोवस पनि मिलाएका छौं। हामीले यातायात व्यवस्था विभाग,नेपाल प्रहरी, यातायात व्यवसायी संघ संस्थाहरुसँग समन्वय गरेका छौं। यसपाली हामीले गाडीहरुलाई कडा निगरानी गर्नेछौं जसले गर्दा जनताहरुले गाडीमा दुःख पाउनु पाउँदैनन्। सर्वसाधारणहरुले बुझ्न र भन्नका लागि हामीसँग १५ स्थानमा सम्पर्क केन्द्र छ। यात्रुहरूले त्यसमा आएर गुनासो दिने बित्तिकै हामी उनीहरूलाई कारवाहीमा ल्याउँछाैँ। हामी कहाँ यस्तो गुनासो त आएको छैन। तर, बुझ्ने र सोधखोजको क्रम भने जारी छ। सर्वसाधारणको लागि चार्डपर्वमा २४ घण्टा नाकामा ट्राफिक प्रहरी खटिने छन्।

दसैँमा नक्कली टिकट पनि बेचिन्छन् र जनताहरुले दोब्बर भाडा पनि तिर्नुपरेको छ नी?

सुरुमा भाडादर भन्दा बढी भाडा लिन पाइदैँन। यसरी भाडा लिएको पाइएमा तुरुन्तै कारवाही हुन्छ। यात्रुहरुले पनि भाडा दर कहाँको कति भनेर बुझन जरुरी छ। नक्कली टिकटको मुद्दा आएको थियो।त्यहिँ भएर सर्वसाधारणले टिकट काट्दा काउण्टरमा यातायात व्यवसायीको कार्ड हेर्नुपर्छ। यस्तो गर्दा जनताहरु ठगिदैँन। नक्कली टिकट बिक्री गर्नेलाई तुरुन्तै मुद्दा चलाइन्छ। भाडाको सन्दभर्मा यात्रुहरूले गुनासो कार्यलयमा तुरुन्तै आएर भन्नुपर्छ। सामन्यता आफ्नो गाडी भएका र यातायात व्यवसायीसँग सहकार्य नगरेकाहरुले यस्तो गर्छन्। सर्वसाधारणहरुले जो कोहिसँग पनि टिकट किन्नु हुँदैन। त्यस्तो गर्दा जनताहरु ठग्निबाट पनि बाँच्छन्। 

यात्रुहरुले तपाईंहरुसँग गुनासो राख्दा कार्यन्वयन गर्नुहुन्छ कि जनताहरुले उल्टै गाडीमा दुःखमा पाउने हो?

कस्तो हो भने, गाडीमा सिट क्षमता भन्दा बढी यात्रु राखेको पाइएमा त्यस गाडीलाई कारवाही हुन्छ, र त्यस गाडीमा भएका यात्रुलाई अर्को गाडीमा घरसम्म पुप्याउने व्यवस्था मिलाउँछौं। यात्रुहरुले पनि गाडीमा अनिवार्य हेर्नुपर्ने कुराहरु दुई ड्राइभर, स्पिीड, चालक मापासे छ कि छैन र अन्य केहि कुराहरु छन्। यस्ता पाइएमा तुरुन्तै ट्राफिक प्रहरीलाई भन्नुपर्छ। यात्रु आफैंले पनि भन्नुपर्छ नी, हामीलाई पनि त सबै थाहा हुँर्दैन। यात्रुहरुले पनि ट्राफिक प्रहरीसँग समन्वय गर्नुपर्छ। त्यस्तो गर्दा गाडीमा यात्रा गर्ने यात्रुहरुको ज्यान सुरक्षित हुन्छ। ट्राफिक प्रहरी नभेटिएको खण्डमा सबै यात्रु एकजुट भएर चालकलाई भन्नुपर्छ। यो पाली हामीले सबै यातायात क्षेत्रहरु सँग समन्वय गरेका छौं। जसले गर्दा जनताहरुले गाडीमा दुःख पाउँर्दैनन्।

प्रकाशित मिति: : 2022-09-27 22:09:00

प्रतिकृया दिनुहोस्