बलात्कारको सोच र सनातन दर्शनको योग

लोकान्तर

रमेश ढकाल

एकपछि अर्को बलात्कारका घटना सार्वजनिक भइरहँदा समाजमा यसबारेको बहस फेरि तातिएको छ।

यस्ता बहसहरू बेलाबेलामा चर्कन्छन्, अनि सुस्तरी सेलाउँछन्। केलाएर हेर्दा बलात्कार नियन्त्रणसम्बन्धी बहसमा मूलतः तीन धारहरू देखिन्छन्। पहिलो धारले बलात्कारको कारक तत्त्व पितृसत्तालाई मान्छ र पितृसत्ताको समूल अन्त्य गर्नुपर्ने धारणा राख्छ।

दोस्रो धारले बलात्कार नियन्त्रणका लागि अझै कडा कानून चाहिने र कानूनको कार्यान्वयन पीडितमुखी हुनुपर्ने तर्क गर्छ। यो धारले महिलाको कथनलाई नै अकाट्य प्रमाण मान्नु पर्ने जिकिर पनि गर्छ। अनि तेस्रो धार भने उमेर र सहमतिको विषयमा नै केन्द्रित छ।

कानूनमा बालबालिका मानिने साविकको सोह्र वर्षको उमेरलाई घटाएर अठार वर्ष र विवाहका लागि बीस वर्ष कायम गरिएकाले बलात्कारका घटनाहरू बढेका, शुरूको सहमतिपछि कुरा नमिल्दा युवाहरू जेल परिरहेको भन्ने तेस्रो धारको निष्कर्ष छ।

प्रकाशित मिति: : 2022-09-24 08:39:00

प्रतिकृया दिनुहोस्