किन महिलाहरूले हिजाब जलाउन थालेका हुन्? त्यहाँको 'नैतिकता प्रहरी' ले के गर्छ?

बिबिसी

काठमाडाैँ

इरानको तथाकथित आचार तथा व्यवहार निगरानी गर्ने प्रहरी निकायले हिरासतमा राखेकी २२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि त्यहाँ आक्रोशपूर्ण प्रदर्शनहरू सुरु भएका छन्। उक्त इस्लामिक गणतन्त्रमा पोसाकसम्बन्धी कडा नियम र त्यसलाई लागु गर्नेहरूविरुद्धको विरोधमा महिलाहरूले आफ्नो टाउकोमा लगाउने स्कार्फ जलाएका छन्।

त्यहाँ गश्त-ए इर्शाद नामक 'नैतिकता प्रहरी' को विशेष एकाइलाई इस्लामिक आचरण सुनिश्चित गर्न र "अनुचित" लुगा लगाएका मानिसहरूलाई हिरासतमा राख्ने जिम्मा दिइएको छ।

शरियामा आधारित इरानी कानुनअनुसार महिलाहरू हिजाबले आफ्नो कपाल छोप्न र शरीर ढाक्न लामो तथा खुकुलो किसिमको लुगा लगाउन बाध्य छन्।

प्रकाशित मिति: : 2022-09-23 17:40:00

प्रतिकृया दिनुहोस्