एमालेभित्र उम्मेदवार चयन : 'जित्ने' ठाउँमा मारामार, 'हार्ने' ठाउँमा टिकट फालाफाल

लोकान्तर

काठमाडौं

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार छनौटमा दलहरूभित्र मारामार छ। टिकट सुनिश्चित गर्नका लागि जिल्लाबाट काठमाडौंसम्म राजनीतिक म्याराथन चलिरहेको छ।

दलका शीर्ष नेताका घरमा झिसमिसेदेखि राति अबेरसम्म गुल्जार बनिरहेका छन्। टिकट फुत्काउनका लागि सम्भाव्य सबै उपाय अहिले आकांक्षीहरूले गरिरहेका छन्। 

असोज २३ गते प्रत्यक्षतर्फका उम्मेदवारले मनोनयन दर्ता गर्ने समय निर्वाचन आयोगले तोकेको छ।

मुख्य दलहरूमा आकांक्षीको लर्को लागिरहेको बेला यसपटक नेकपा एमालेलाई भने केही जिल्लामा उम्मेदवार खोज्नुपर्ने बाध्यता आइपरेको छ। 

प्रकाशित मिति: : 2022-09-21 07:50:00

प्रतिकृया दिनुहोस्