अवैध संरचना ३५ दिन भित्र हटाउन ललितपुर महानगरको अल्टिमेटम

बाह्रखरी

काठमाडौं

ललितपुर महानगरपालिकाले अवैध संरचना हटाउन निर्देशन दिएको छ। महानगरपालिकाले ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्दै सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचजना हटाउन निर्देशन दिएको हो।
तोकिएको समयभित्र सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना नहटाएर महानगर आफैँले हटाउने चेतावनी दिइएको छ। 

“ललितपुर महानगरपालिका क्षेत्रभित्र नक्सा स्वीकृत बिना, मापदण्ड विपरित निर्माण भएका संरचनाहरू, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरी निर्माण भएका स्लोप, टप, रयाम्प, सिंढीलगायतका संरचना हटाउन महानगरले भनेको छ। 

प्रकाशित मिति: : 2022-09-21 07:23:00

प्रतिकृया दिनुहोस्