सरकारी निवासमै थुनिए चोलेन्द्र शम्शेर जबरा

File photo
File photo

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको गेटमा रोकेको बताएका छन्। 

सर्वोच्च पुग्ने तयारी गरेका आफूलाई सरकारले गेटमा तालाबन्दी गरिदिएको उनले बताएका छन्। 

'म सर्वोच्च अदालत जाने तयारी गरिरहेको थिएँ। तर, सरकारले निवासमै रोकिदियो,' उनले भने। संसदको कार्यकाल सकिएको र महाभियोग सिफारिस समितिले शनिबार प्रतिवेदन बुझाएपछि उनी सर्वोच्च जाने प्रयासमा छन्।

प्रकाशित मिति: : 2022-09-18 11:45:00

प्रतिकृया दिनुहोस्