रुपन्देहीको होटलमा पेस्तोल सहित सलामी पक्राउ

रुपन्देहीमा पस्तोलसहित एक युवा पक्राउ परेका छन।जिल्लाको एक ईट्टाभट्टीस्थित होटल नमोबुद्धबाट ३३ वर्षीय सन्तोष सलामी पक्राउ परेको रुपन्देही प्रहरीले जनाएको छ।

वडा प्रहरी कार्यालय रामनगरबाट खटिएको प्रहरी टोलीले होटलबाट बाग्लुङ जिल्ला दगातुन्डाडा १ स्थायी घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका ८ सुख्खानगर बस्ने सलामीलाई पक्राउ गरिएको हो।

गोप्य सुचनाका आधारमा चेकजाँच गर्दा उनको साथबाट काठको बिड भएको रिभल्वर पेस्ततोल १ तान, लोड भएको गोली एक थान र अन्य २ थान गोलीसहित पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ। पक्राउ गरिएका युवालाई आवश्यक अनुसन्धान पछि अदालतबाट म्याद थप गरि कारबाही प्रक्रिया अगाडी बढाईएको छ।

प्रकाशित मिति: : 2022-09-17 17:22:00

प्रतिकृया दिनुहोस्