पेनकिलरले गर्ने असरहरु

The Journal
The Journal

हाम्रो शरिरमा सामान्य दुखाइ हुँदा पनि पेनकिलर नै लिने गर्छौ। लाग्छ कि पेनकिलरले सहज र फाइदा गरिरहेको छ। जुनसुकै दुखाइमा पनि पेनकिलर लिने हाम्रो बानि भैइसकेको छ।

तर, पेनकिलर कति मात्रामा प्रयोग गर्नुपर्छ, यसले कति बेफाइदा गरिएको छ? भन्ने धेरैलाई थाहा नभएको हुन सक्छ। आज हामी पेनकिलरले गर्ने असरहरुका बारे चर्चा गर्दै छौं।

पेनकिलरले आन्द्रामा असर गर्नुको साथै लिभर पनि बिगार्छ। फ्लेक्जन भनेको पारासिटामोल हालेको औषधि हो। यसको अत्यधिकसेवन गर्दा मस्तिष्कमा असर गर्छ।

तपाईंले जुनसुकै औषधि लिँदा पनि त्यो तपाईंको रगतमा मिसिन्छ र फेरि किड्नीबाट फिल्टर भएपछि शरीरबाट निस्कन्छ। यस प्रक्रियामा पेनकिलरले किड्नीसम्म गइरहेको रगतको बहावलाई प्रभावित गर्न पनि सक्छ। जसकारण, एलर्जिक रिएक्सन हुन सक्छ वा किड्नी बिग्रन पनि सक्छ।

पेनकिलरको अत्यधिक प्रयोगले डिप्रेसन पनि निम्त्याउन सक्छ। ओपिओडजस्ता पेनकिलरको प्रयोग लामो समयसम्म गर्दा डिप्रेसन हुन सक्ने विभिन्न अध्यननले देखाएका छन्।

प्रकाशित मिति: : 2022-09-17 16:08:00

प्रतिकृया दिनुहोस्