ओलीको आरोप-देउवा नयाँ राणा शासनको निमित्त नायक

नयाँ पत्रिका दैनिक

रोहितराज पराजुली
File Photo
File Photo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ राणा शासनको निमित्त नायक रहेको आरोप लगाएका छन्। पार्टी निकट नेपाल लोकतान्त्रिक तमु संघको मंगलबारदेखि पोखरामा सुरु भएको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गदै ओलीले सो आरोप लगाएका हुन्।

अन्य पार्टी र तीनका नेताहरुको आलोचना गर्ने क्रममा ओलीले भने, ‘हिजोको राणा शासन फर्किएजस्तो भएको छ। कांग्रेस सभापती शेरबहादुर देउवा त्यसको निमित्त नायक बनेका छन्। तर, उनी केबाट परिचालित छन् त्यो भने थाहा छैन।’

प्रकाशित मिति: : 2022-09-13 17:55:00

प्रतिकृया दिनुहोस्