नजिक रहेर काम गरेका भूतपूर्व गोर्खा अधिकृत महारानीको मृत्युले 'स्तब्ध र दु:खी'

बिबिसी

काठमाडाैँ

महारानी एलिजाबेथ द्वितीयाको निधनले आफूहरू "स्तब्ध बनेको" उनको अर्दलीका रूपमा काम गरेका भूतपूर्व गोर्खा अधिकृतहरूले बताएका छन्।

कतिपय भूतपूर्व गोर्खा अधिकृतहरूले चाहिँ "महारानीको अन्तिम संस्कारमा सामेल हुन नसक्ने अवस्था बन्दा आफूहरूलाई निकै नरमाइलो लागेको" बताए।

त्यसरी दु:खी हुनेमा कुनै बेला महारानीको अर्दलीसमेत रहेका भिक्टोरिया क्रस विजेता भूतपूर्व क्याप्टेन रामबहादुर लिम्बुसमेत छन्।

हाल झापाको दमकमा रहेका ८८ वर्षका उनीसँग बीबीसीले उनकी पत्नी र भतिजीको सहयोगमा कुराकानी गरेको थियो। उनी भिक्टोरिया क्रस पाउने १३ नेपालीमध्ये एक मात्र जीवित व्यक्ति हुन्।

प्रकाशित मिति: : 2022-09-13 08:01:00

प्रतिकृया दिनुहोस्