बिएल संवाददाता
ट्युनिसियाको तटमा भएको डुंगा दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने १२ जना अझै बेपत्ता भएका छन्। ट्युनिसियाको तटरक्षकले ३७ आप्रवासीलाई इटालीतर्फ लैजाँदै गरेको डुंगा मंगलबार डुबेपछि १४ जनाको उद्धार गरेको छ।
शनिबार राति थप पाँच शव फेला परेपछि मृतकको संख्या ११ पुगेको सरकारी सञ्चार माध्यमा टीएपीले जनाएको छ। आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आइओएमका अनुसार भूमध्यसागर पार गर्ने क्रममा यस वर्ष१ हजारभन्दा बढी आप्रावासीको मृत्यु भएको छ।
ट्युनिसियाली डुंगा स्फ्याक्स क्षेत्रबाट प्रस्थान गरेको थियो । डुंगा महदिया नजिकैको तटबाट करिब ४० माइल अगाडि डुबेको थियो। विभिन्न देशबाट गैर कानुनी रुपमा युरोप र उत्तर अमेरिका पुग्ने क्रममा वर्षेनी सयौँको अकालमा ज्यान जाने गरेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया