लागूऔषधसहित महोत्तरीमा दुई जना पक्राउ

लागूऔषध कारोबार गरेको आरोपमा बर्दिबासबाट दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बर्दिबास कै वडा नम्बर ८ बस्ने तुलबहादुर आले र वडा नम्बर २ बस्ने दीपक महतो छन्।

विशेष सूचनाका आधारमा उनीहरूलाई खानतलासी गर्दा ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध फेला परेको इलाका प्रहरी कार्यालय वर्दिबासले जनाएको छ।

उनीहरूको साथबाट डियाजपान लेखिएको २० एम्पुल, नोफिन लेखिएको २० एम्पुल, प्रोमेथोजाइन हाइड्रोक्लोराइड २० एम्पुल, कोडियन फोस्फेट मिलेट साइरुप लेखिएको १०० एमएलका २ बोतल र नाइट्रोभेट(१० लेखिएको २३ चक्की बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रबी रावलले जानकारी दिए।

आरोपित तुलबहादुर र दीपक महतोलाई प्रहरीले फरकफरक ठाउँबाट पक्राउ गरेको थियो। तुलबहादुर हरियो रङगको पल्सर ३९ प ५२६५ नम्बरको बाइकमा जाँदै गर्दा बीपी राजमार्गको सडकखण्ड अन्तर्गत स्मृति पार्कबाट पक्राउ परेको प्रहरीले जनाएको छ।

त्यस्तै दीपक महतो बीपी राजमार्गकै सिन्धुली बस काउन्टरबाट रङ्गेहात पक्राउ परेका थिए।

आरोपितद्वयलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।

प्रकाशित मिति: : 2022-09-09 20:27:00

प्रतिकृया दिनुहोस्