बिएल संवाददाता
बारा प्रहरीले ९ बिगाह खेतमा लगाएको अवैध गाँजा खेती फँडानी तथा नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यलय मातहत प्रहरी ईकाइ कार्यालयहरूबाट खटीएका प्रहरी टोलीले गाँजा खेती फँडानी तथा नष्ट गरेको हो।
ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटीएकोे प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालीका वडा नं.२२ को चकरी गाँउ र नयाँ बस्ती टोल क्षेत्रमा लगाएको ५ बिगाह गाँजा फँडानी गरेको प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले बताए। उनका अनुसार करिब १ लाख गाँजाका बोटहरू नष्ट गरिएको छ।
ईलाका प्रहरी कार्यलाय निजगढको प्रहरी टोलिले निजगढ नगरपालिका, वडा नं.१२ र वडा नं. १३ ४ बिगाह खेतीमा लगाएको गाँजा फँडानी गरेको उनले जानकारी दिए। सो क्षेत्रमा करिब ८० हजार गाँजाका बोटहरू नष्ट गरिएको प्रहरी नायव उपरिक्षक सापकोटाले बताए।
जिल्ला प्रहरी कार्यलयबाट खटिएको मातहतको टोलिले माघ २४ गते बिहान साढे ९ बजेदेखि साँझ करिब ७ बजेसम्म अबैध गाँजा खेती फँडानी तथा नष्ट गरेको हो । अवैध गाँजा एक लाख ८० हजार बोटहरू फडानी तथा नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया