ट्रम्पको आवासबाट जफत कागजातले किन तरंगित हुँदै छ अमेरिकी राजनीति ?

अमेरिकाको संघीय गुप्तचर निकाय एफबिआईले गत अगस्ट ८ मा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको आवास मार–ए–लागोमा छापा मार्‍यो । ट्रम्पले ह्वाइट हाउस छाड्दा आफूसँगै लगेको सरकारी कागजातका बक्साको विषयमा महिनौँ लामो विवादपछि एफबिआईले ट्रम्पको फ्लोरिडास्थित आवासमा छापा मारेको थियो ।

बहस मुख्यतः ट्रम्पले सरकारी कागजात घर लाँदा संघीय कानुनको उल्लंघन भए–नभएकोमा केन्द्रित थियो । 

पूर्वराष्ट्रपतिको कार्यकालसम्बन्धी कागजातको संग्रह राख्ने नेसनल अर्काइभ्सले फेब्रुअरीमा मार–ए–लागोमा रहेका ट्रम्पका कार्यकालसँग सम्बन्धित कागजातको १५ वटा बक्स बनाएर ‘ढुवानीको तयारी’ गरेको तर ती सामग्री आफ्नो संग्रहमा नआएको बताएको थियो ।

उसले ती कागजातमा ‘अति गोप्य राष्ट्रिय सुरक्षा सूचना’ भएकाले ती अभिलेख हस्तान्तरण गरिनुपर्ने दाबी गरेको थियो । अर्काइभ्सका अनुसार ती कागजात पहिले त वासिंगटन डिसीभन्दा बाहिर राखिनै नहुने हो । 

प्रकाशित मिति: : 2022-09-09 10:03:00

प्रतिकृया दिनुहोस्