मधेस आन्दोलनले अनि बाटो बिरायो

नयाँ पत्रिका दैनिक

हृदयेश त्रिपाठी

मधेस समस्याको इतिहास एकदमै पुरानो छ । २००७ सालको क्रान्तिपश्चात् नै यसलाई संगठित रूपले उठाउने कोसिस भएको थियो । यस क्रममा तराई कांग्रेस जन्मियो । पछि सद्भावना पार्टी निर्माण भयो । सद्भावना पनि पटक–पटक विघटन भयो । त्यसयता मधेसी जनअधिकार फोरमलगायत धेरै दल आए ।पछिल्लो समयमा मधेसको समस्या परिभाषित र स्थापित दुवै भए । यसलाई मधेसका राजनीतिक दलहरूले संविधानमा संस्थागत गराउन कोसिस गरे । पूर्णता प्राप्त गर्न नसके पनि अधिकांश विषयलाई एक ढंगले अघि लगियो पनि । यो देशमा संघीयताको कसैलाई जस जान्छ भने मधेस आन्दोलनलाई नै जाने हो । यहाँ विभिन्न नाम र प्रकारका आन्दोलन पनि भए । तर, क्षति बढी भयो, उपलब्धि कम । यदि ००७ सालको क्रान्तिदेखिकै आन्दोलनलाई हेर्ने हो भने क्षतिको मात्रा मधेस आन्दोलनमा बढी भएको छ । त्यसका आफ्नै कारण छन् ।

 मधेसको ऐतिहासिक भुल : कांग्रेसका केही स्थापित नेताहरू मधेस आन्दोलनलाई प्रभावकारी बनाउन पार्टी छाडेर आउनुभयो । फलस्वरूप, कांग्रेस कमजोर भयो, मधेस आन्दोलन एउटा उचाइमा पनि पुग्यो । तर, अपेक्षाअनुरूप यो संस्थागत हुन सकेन । एकातिर कांग्रेस कमजोर भयो भने अर्कातिर आपसी विभाजनले गर्दा मधेसवादी दल पनि कमजोर भए ।

प्रकाशित मिति: : 2022-09-05 09:49:00

प्रतिकृया दिनुहोस्