दार्चुलामा एमालेबाट ठगुन्ना सर्वसम्मत सिफारिस

File photo
File photo

नेकपा एमाले दार्चुलाबाट प्रतिनिधिसभा उम्मेदवारमा गणेशसिंह ठगुन्नाको नाम सर्वसम्मत सिफारिस भएको छ। 

आगामी मङ्सिर ४ गते हुने निर्वाचनको लागि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ठगुन्नाको नाम एकल सिफारिस गरिएको एमाले दार्चुलाका उपसचिव एवं प्रचार विभाग प्रमुख खडक वडालले जानकारी दिए।

२०७० मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडू र २०७४ सालमा कांग्रेसका बिक्रमसिंह धामीलाई हराउँदै एमाले नेता ठगुन्ना लगातार दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। 

यस्तै एमालेबाट प्रतिनिधिसभामा समानुपातिकतर्फ जेहेन्द्रसिंह ऐतवाल, दुर्गा धामी, विमला दमाई, ज्ञानेन्द्र घर्ती र नगेन्द्र तिंकरी सिफारिस भएका छ।

प्रकाशित मिति: : 2022-09-04 20:57:00

प्रतिकृया दिनुहोस्