दक्षिणपश्चिमी कोलम्बियामा शुक्रबार विस्फोटक पदार्थ प्रयोग गरेर भएको आक्रमणमा आठ प्रहरी अधिकारीको मृत्यु भएको छ।
आक्रमणको राष्ट्रपति गुस्ताभो पेट्रोले निन्दा गरेका छन्। ‘आठ प्रहरीको ज्यान जाने गरी भएको हमलाको निन्दा गर्छु’, राष्ट्रपति पेट्रोले भनेका छन्। हुइला विभागको एक ग्रामीण क्षेत्रमा उक्त हमला भएको थियो।
आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन्। आक्रमणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।
पछिल्ला राजधानीमा सशस्त्र समूहले आफ्ना गतिविधि बढाउन थालेका छन्।