बुटवल पाल्पा सडक अवरुद्ध

सिद्धार्थ राज मार्ग अन्तर्गत पाल्पा बुटवल सडक खण्ड पहिराेले अवरुद्ध भएकाे छ।

गएराति परेकाे वर्षाका कारण तिनाउ ३ झुम्सा र हेडबक्स नजिकै ढुंगा सहितकाे पहिराे खस्दा सडक अवरुद्ध भएकाे हाे। सडक भासिदा एक तर्फी मात्र सञ्चालन रहेकाे साे सडकमा माथिबाट लेदाे सहितकाे पहिराे खसेपछि अवरुद्ध भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी विरेन्द्र थापाले जानकारी दिए।

पहिराे पन्छाएर सडक सुचारू गर्न डिभिजन सडक कार्यालयकाे स्काभेटर परिचालन भएकाे डिएसपी थापाले जानकारी दिए। सडक अवरुद्ध बन्दा गएराति दुई बजेबाट दुई तर्फी नै सवारी अावागमन बन्द भएकाे जिल्ला ट्राफिक प्रमुख दामाेदर मल्लले बताए।

सडक अवरुद्ध हुँदा पाल्पा हुँदै बुटवल जाने र बुटवल हुँदै पाल्पा अर्घाखाँची ,गुल्मी स्याङ्जा जाने सवारी र यात्रु बिच बाटाेमै राेकिएका छन।

प्रकाशित मिति: : 2022-08-31 07:00:00

प्रतिकृया दिनुहोस्