गृहमन्त्री खाँणद्वारा पहुनी बेतही तिनाउ पुलको शिलान्यास

गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको पश्चिम पहुनी बेतही तिनाउ पुलको शिलान्यास गरेका छन्।

तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनी र शुद्धोधन गाउँपालिका–३ बेननीस्थित तिनाउ पुलमा निर्माण गरिने पुलको उनले शुक्रबार शिलायन्स गरेका हुन्। 

मोतिपुर औद्योगिक कोरिडोरको स्वामित्वमा रहेको जग्गाको पुनःमूल्याङ्कन गर्दै स्मार्ट औद्योगिक क्षेत्रको रुपमा विकास गरिने बताए।

विगतमा आफूले सरकारलाई औद्योगिक कोरिडोरको नक्सा जस्ताको तस्तै पास नगर्न र जनताको चाहना सम्बोधन गरेर अघि बढ्न सुझाव दिएको बताए।

उनले औद्योगिक क्षेत्रको स्वामित्वमा नेपाल सरकारले हस्तान्तरण गरेको जग्गाका कारण त्यस क्षेत्रमा वषौँंदेखि बसोबास गर्दै आएका नागरिक विस्थापित हुने, निर्माण गरिएका भौतिक पूर्वाधार काम नलाग्ने गरी खेर जाने अवस्थासमेत देखिएकाले सानो तर महत्वपूर्ण औद्योगिक क्षेत्र बनाउनपर्ने बताए।

उक्त पुल विसं २०७७ पुस २८ गते हीराचन कालीगण्डकी सिद्धार्थ जेभी, रुपन्देहीसँग रु २१ करोड १५ लाख ४१ हजार पाँच सयमा ठेक्का सम्झौता भएको र २०८० साल पुस २७ गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको सडक विभाग पुल महाशाखा नेपालगञ्जले जनाएको छ।

प्रकाशित मिति: : 2022-08-26 21:24:00

प्रतिकृया दिनुहोस्