अट्वारी पर्वका अवसरमा घोराही र तुलसीपुरमा सार्वजनिक विदा

File Photo
File Photo

दाङको घोराही र तुलसीपुर उपमानगरपालिकामा थारु समुदायको अट्वारी पर्वको अवसरमा सार्वजनिक विदा दिइएको छ।

भदौ १२ गते आइतरबारका दिन पर्ने अट्वारी पर्वको अवसरमा एक दिन स्थानीय विदा दिएको उपमहानगरहरुले सूचना जारी गरेर जानकारी दिएका छन्। 

भाद्र शुक्ल पक्षको पहिलो आइतबार अर्थात श्रीकृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबारलाई अट्वारी पर्वको रुपमा मनाउने चलन छ। हरितालिका तीजपछिको शनिबार मध्यरातमा दर (भिन्सर्या) खाएर अट्वारी व्रतको तयारी सुरु हुन्छ। 

द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एकजना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ।

प्रकाशित मिति: : 2022-08-26 14:07:00

प्रतिकृया दिनुहोस्