बुटवलको सडक अलपत्र पार्ने ठेकेदारलाई छुटकारा, १० कम्पनी कालोसूचीमा

ठेक्का सम्झौता गरेर समयमा काम सम्पन्न नगर्ने १० निर्माण व्यवसायी कालोसूचीमा परे पनि बुटवलको ६ लेन सडक अलपत्र पार्ने ठेकेदारले भने उन्मुक्ति पाएका छन्।

बुटवल–बेलहिया सडकलाई अलपत्र पार्ने ठेकेदार कम्पनीले पटक–पटक सूचना जारी गर्दा पनि बेवास्ता गरी अलपत्र पारेको छ।

ठेक्का लिएको काम समयमै नसक्ने र निर्माण लागत बढाएर काम अलपत्र पार्ने कम्पनीलाई सार्वजनिक खरीद अनुगमन कार्यालयले कारबाहीसहित सूची सार्वजनिक गरेको छ।

लामो समयदेखि आलोचना खेपेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको निर्माण कम्पनीसमेत कालो सूचीमा परेको छ।

अनुगमन कार्यालयले बुधबार सार्वजनिक गरेको सूचना अनुसार अधिकारीको शैलुङ कन्स्ट्रक्सन निर्माण कम्पनीलाई तीन वर्ष कुनै काम गर्न नपाउने गरी प्रतिबन्ध लागाइएको छ।

दुई चिनियाँसहित दश निर्माण कम्पनीलाई कुनै नयाँ खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखिएको अनुगमन कार्यालयले प्रकाशित सार्वजनिक सूचनामा उल्लेख छ।

प्रकाशित मिति: : 2022-08-25 11:18:00

प्रतिकृया दिनुहोस्