सोमबार, १५ डिसेम्बर २०२५

७.२४ अंकले घट्यो सेयर बजार

File Photo
• • •

७.२४ अंकले घटेको सेयर बजार छ। साताको दोस्रो कारोबारकाे दिन सोमबार सेयर बजार ७.२४ अंकले ओरालो लागेको हो।

नेप्से परिसूचक ७.२४ अंक (०.३५ प्रतिशत) ले ओरालो लाग्दा बजार २०५३.३० अंकमा बन्द भएको हो। कारोबार रकममा पनि ओरालो लाग्दै दुई अर्बबाट तल झरेको छ।

५२ लाख ३० हजार ७६३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७२ करोड ६२ लाख ८७ हजारको कारोबार भएको हो।

कारोबारमा आएका १८७ कम्पनीमध्ये १२४ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ। साथै ४७ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १६ कम्पनीको सेयरमूल्य भने स्थिर छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!