‘मुद्दाका पक्षहरू न्यायाधीश ठिक/बेठिक भनेर मूल्याङ्कन गर्छन्’

अनलाइनखबर

काठमाडौं

जुन मुद्दामा तथ्य धेरै संकलित हुन्छन् तिनमा तथ्यको परीक्षणमा लामो समय लाग्नु स्वाभाविक हो।

अनुसन्धानका क्रममा सबै विषय समेट्नुपर्दा ती मुद्दामा तथ्यहरूको वृत्तान्त लामो भएको हुन्छ।

यो भ्रष्टाचार मुद्दामा मात्रै लागू हुने विषय होइन। जटिल खालका मुद्दामा तथ्य पनि धेरै हुन्छन् र तिनले लगाउने समय पनि उत्तिकै हुन्छ।

तथ्य/प्रमाणसहित मुद्दा परिसकेपछि अदालतले अभियोगका साथमा पेश भएका तथ्य/प्रमाणको परीक्षण गर्नुपर्ने हुन्छ। सम्पत्ति सम्बन्धी मुद्दाका साथै धेरै प्रतिवादी भएका वा धेरै तथ्य मिसिएका मुद्दाहरूमा अदालतले परीक्षण गर्न अरूभन्दा लामो समय लिन्छ।

सम्पत्ति सम्बन्धी मुद्दाका अनुसन्धानमा सम्पत्तिको मूल्यांकनकर्ता कस्तो छ, मूल्यांकनकर्ता को हो, हेर्नुपर्छ।

घरका भित्री सामानको मूल्यांकन गरेको भए ‘आर्किटेक्ट’ बोलाउनुपर्ने हुन्छ। सम्पत्तिको मूल्यांकन गर्ने प्राविधिक, जो सरकारका साक्षी समेत हुन्, तिनहरू पनि अदालतमा उपस्थित भएर बकपत्र गर्नुपर्ने हुन्छ। विशेष अदालतमा मुद्दा लम्बिने एउटा कारण यो हो।

प्रकाशित मिति: : 2022-08-22 14:24:00

प्रतिकृया दिनुहोस्