शिलापत्र
११ साउन २०७९ । स्थान, चतरा पुलबाट करिब २ किमी तल । सप्तकोसी नदीको पश्चिम किनारमा डुम्रीबोटे भन्ने ठाउँ छ । यही ठाउँबाट राति २ बजेदेखि कोसी पश्चिमतर्फ थोरैथोरै गरेर हानिन थाल्यो । २०३९ सालसम्म कोसी बगेकै ‘डोब’ मा कोसीको केही हिस्सा बहाव त्यस दिनदेखि पुनः कुद्न थाल्यो । २०३९ सालसम्म कोसी त्यही अहिले फुटेको क्षेत्रबाटै बग्थ्यो । त्यसपछि बिस्तारै पूर्वी भागमा कोसी सर्न थाल्यो । ३ वर्ष अर्थात् २०४१ सालसम्ममा त कोसीले सर्लक्क आफ्नो पश्चिमको बाटो छोड्यो र पूर्वी भागबाट बग्न थाल्यो ।
पश्चिममा रहेको कोसी पूर्वतिर सर्दा ठूलो सङ्कट निम्तिएको थियो त्यति बेला । तत्कालीन प्रकाशपुर र महेन्द्रनगर गाउँ पञ्चायतको ठूला बस्तीहरू कोसीको भेलमा परे । कैयौँको बास उठ्यो । बिघौँ–बिघा कृषियोग्य ‘लालपुर्जाधारी’ जमिनमाथिबाट कोसी बग्न थाल्यो । धेरै मानिस विस्थापित भए ।
पूर्वी किनारमा रहेको जमिनमा हिँडेको कोसीले आफ्नो पश्चिमी भाग भने छोडिदियो । पूर्वपट्टिका जमिनविहीन केही मान्छेहरू फाट्टफुट्ट पश्चिमपट्टिको ‘उकास’ अर्थात् कोसी बग्न छोडेको ठाउँमा बस्न थाले । पछि त ठूलै बस्ती बन्यो त्यहाँ । अहिले बराहक्षेत्र र बेलका नगरपालिकामा पर्ने उक्त ‘उकास’ जग्गामा करिब १० हजारभन्दा बढी जनसङ्ख्या रहेको अनुमान छ ।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया