शिलापत्र
११ साउन २०७९ । स्थान, चतरा पुलबाट करिब २ किमी तल । सप्तकोसी नदीको पश्चिम किनारमा डुम्रीबोटे भन्ने ठाउँ छ । यही ठाउँबाट राति २ बजेदेखि कोसी पश्चिमतर्फ थोरैथोरै गरेर हानिन थाल्यो । २०३९ सालसम्म कोसी बगेकै ‘डोब’ मा कोसीको केही हिस्सा बहाव त्यस दिनदेखि पुनः कुद्न थाल्यो । २०३९ सालसम्म कोसी त्यही अहिले फुटेको क्षेत्रबाटै बग्थ्यो । त्यसपछि बिस्तारै पूर्वी भागमा कोसी सर्न थाल्यो । ३ वर्ष अर्थात् २०४१ सालसम्ममा त कोसीले सर्लक्क आफ्नो पश्चिमको बाटो छोड्यो र पूर्वी भागबाट बग्न थाल्यो ।
पश्चिममा रहेको कोसी पूर्वतिर सर्दा ठूलो सङ्कट निम्तिएको थियो त्यति बेला । तत्कालीन प्रकाशपुर र महेन्द्रनगर गाउँ पञ्चायतको ठूला बस्तीहरू कोसीको भेलमा परे । कैयौँको बास उठ्यो । बिघौँ–बिघा कृषियोग्य ‘लालपुर्जाधारी’ जमिनमाथिबाट कोसी बग्न थाल्यो । धेरै मानिस विस्थापित भए ।
पूर्वी किनारमा रहेको जमिनमा हिँडेको कोसीले आफ्नो पश्चिमी भाग भने छोडिदियो । पूर्वपट्टिका जमिनविहीन केही मान्छेहरू फाट्टफुट्ट पश्चिमपट्टिको ‘उकास’ अर्थात् कोसी बग्न छोडेको ठाउँमा बस्न थाले । पछि त ठूलै बस्ती बन्यो त्यहाँ । अहिले बराहक्षेत्र र बेलका नगरपालिकामा पर्ने उक्त ‘उकास’ जग्गामा करिब १० हजारभन्दा बढी जनसङ्ख्या रहेको अनुमान छ ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया