माधवकुमार ओली
नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेतृत्व गरेकाे नेकपा (माओवादी केन्द्र) ओरालो लागेको पार्टी भएको बताएका छन्।
प्रेस चौतारी रोल्पाले बुधवार लिबाङमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता रायमाझीले अहिलेको समयमा एजेण्डा भएको पार्टी एमाले मात्र भएको बताएका छन्।
‘विकास र समृद्धिको एजेण्डा एमालेसँग मात्र छ,’ उनले भने, ‘एमाले विकासको पक्षमा छ भने अरू विनासको पक्षमा छन्।’
माओवादी केन्द्र तर्फ संकेत गर्दै नेता रायमाझीले भने, ‘कुनै–कुनै पार्टीहरू ओरालो यात्रामा छन्, आफ्नो अस्तित्व जोगाउन गठबन्धन गर्न बाध्य छन्।’
विगतको माओवादी युद्धमा पार्टीभित्रको विद्रोहले रोल्पामा पार्टीलाई ठूलो क्षति पुर्याएको स्मरण गर्दै नेता रायमाझीले फेरिपनि रोल्पामा माओवादी पार्टीभित्रबाटै विद्रोहको संकेत देखा परेको बताएका छन्।
‘अरूको धेरै के कुरा गर्नु,’ रायमाझीले भने, ‘तपाईहरूले थाहा पाइहाल्नुहुन्छ एमाले भनेको तेस्रो शक्तीबाट पहिलो बनेको पार्टी हो, अरू भनेका पहिलोबाट अन्तिम तर्फ पुग्दैछन्।’
पार्टी प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमका लागि रोल्पा आएका नेता रायमाझीले एमालेबाट अन्य पार्टीमा कोहिपनि नगएको तर माओवादी र अन्य पार्टीबाट एमाले प्रवेश गर्नेहरूको लहर चलेको बताएका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया