बिएल संवाददाता
१५ वर्षअघि रिलिज फिल्म ‘तारे जमिन पर’ लाई दर्शकले निकै मनपराएका थिए। बिरामीसँग जुधिरहेको एक बालकको भावनात्मक यात्राले जोकोही दर्शकलाई भावुक बनाएको थियो।
सन् २००७ मा रिलिज यो फिल्ममा इसान अवस्थी नामको बच्चाको भूमिका दर्शील सफारीले निभाएका थिए। उनको चरित्रलाई दर्शकले धेरै माया गरेका थिए।
यो फिल्मपछि दर्शीलले अभिनयबाट ब्रेक लिए र उनी लामो समयदेखि पर्दा बाहिर नै रहे। अब भने उनी फिल्ममा फर्कने तयारीमा छन्।
हालैको एक अन्तरवार्तामा उनले आफूले पढाई र कलेज जीवनको मजा लिइरहेकोले क्यामरालाई मिस गरेको बताएका थिए।
उनले आफू फिल्ममा फर्किए पनि अभिनयका लागि आमिर खानसँग काम नमाग्ने खुलासा गरेका छन्। भलै दर्शीलले आमिरकै फिल्म ‘तारे जमिन पर’बाट बलिउडमा पाइला चालेका हुन्।
‘म आमिर खानसँग काम माग्दिनँ। मलाई काम माग्दा लाज लाग्छ। किनकी काम माग्ने होइन, कमाउने हो। काम माग्नु भनेको छिटो बाटो अपनाउनु हो, म छिटोबाटो भन्दा पनि लामो बाटो हिँड्न मनपराउँछु’, उनले भनेका छन्।
दर्शीलले आफू बलिउडमा कमव्याकका लागि तयार भए पनि कहिलेसम्म कमव्याक हुने भन्ने केही खुलाएका छैनन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया