‘२६ हजार कैदीबन्दी आफैंमा एउटा फोर्स हो’

अनलाइनखबर

जनकराज दाहाल

कारागारभित्रको परिवेश र परिस्थिति सहज हुँदैन । कारागार भनेको एकदम दुःख हुने ठाउँ हो।

जेलभित्र रहँदा कडा अनुशासन पालना गर्नुपर्छ, तर त्यहाँ अनुशासन र आचरण विपरीत काम गरेकै मान्छे हुने गर्छन् । त्यसैले जेलभित्र अनुशासन कायम गराउनु पनि चुनौतीपूर्ण काम हो ।

यसै कारणले कारागारको अवधारणालाई परिवर्तन गरेर यसलाई सुधार गृहमा लैजाने नीति अघि सारिएको हो । कारागारलाई बन्दी गृह होइन, सुधार गृहमा लैजानुपर्छ भन्ने सरकारको नीति हो । तर, नीति अनुसार अहिलेसम्म काम भएको छैन ।

मैले २००५ सालदेखिका कारागार सुधार सम्बन्धी प्रतिवेदनहरू हेरें । त्यतिबेलाकै प्रतिवेदनमा कारागारलाई सुधार गृहका रूपमा परिणत गर्दै लैजानुपर्छ भन्ने उल्लेख छ । कारागारमा बस्ने राम्रो ठाउँ हुनुपर्छ । सहज रूपमा सुत्ने कोठा हुनुपर्छ, रासनको राम्रो व्यवस्था गर्नुपर्छ भन्ने जस्ता कुराहरू प्रतिवेदनमा उल्लेख छन् ।

प्रकाशित मिति: : 2022-08-13 15:59:00

प्रतिकृया दिनुहोस्