बिएल संवाददाता
उद्योग विभागले इको प्यानल ट्रेडमार्क प्रयोग नगर्न नेपाल इको प्यानलको नाममा आदेश जारी गरेको छ। उजुरकर्ता इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिले आफ्नो दर्ता तथा ट्रेडमार्क प्रयोग गरी प्रचारप्रसार गरेको भनी दिएको उजुरीको आधारमा उद्योग विभागले नेपाल इको प्यानललाई उक्त आदेश जारी गरेको हो।
विभागले उजुरी उपर छलफल गरी हाललाई अन्य कसैलाई पनि इको प्यानल ट्रेडमार्क प्रयोग नगर्न विपक्षको नाममा आदेश जारी गरेको हो। उजुरकर्ताले इको प्यानल-गोर्खा इको प्यानल ट्रेडमार्कहरु २०७० सालदेखि नै प्रि-फ्याब उत्पादनहरुमा प्रयोग गर्दै आएको तथा सो ट्रेडमार्कहरु उद्योग विभागमा दर्ता गरी कानुनी हकसमेत प्राप्त गरेकोमा उक्त ट्रेडमार्कहरुको प्रतिष्ठाबाट अनुचित लाभ लिने उद्देश्यले इको प्यानल नेपाल प्रालिले उपर्युक्त ट्रेडमार्कहरुसँग हुबहु मिल्ने गरी नेपाल इको प्यानल नाम राखेको भन्दै विभागमा उजुरी दर्ता गरेको थियो।
कम्पनीको ट्रेडमार्क इको प्यानलमा नेपाल शब्द अगाडि राखी गलत मनसायका साथ सो ट्रेडमार्क प्रयोग गरी उस्तै प्रकृतिको सामान उत्पादन गर्दै आएको र उपभोक्ता झुक्किने अवस्था विद्यमान रहेको कुरालाई मध्यनजर गर्दै उक्त आदेश जारी भएको छ। आदेशको पालना नगरे कानुन बमोजिम कडा कारबाही हुने पनि विभागले जनाएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया