स्थानीय निर्वाचनको मूल्यांकन र निर्वाचित जनप्रतिनिधिको काम हेर्न नभ्याउँदै प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको माहोल शुरू भएको छ।
राजनीतिमा चाख र चासो हुनेलाई यो रोचक हुनसक्छ। तर जति निर्वाचन र परिणाम आए पनि महँगी र अराजकता, हुने र नहुनेबीच बढ्दो खाडलले आम नागरिकलाई दिक्क पनि लागेको हुनसक्छ।