ताइवान जलसन्धिमा चिनियाँ सैन्य अभ्यास– निशाना एक, तीनतिर सन्देश !

लोकान्तर

विन्देश दहाल

चीनको चेतावनीलाई बेवास्ता गर्दै अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरेपछि आक्रोशित चीनले ताइवान क्षेत्र नजिक सैन्य अभ्यास जारी राखेको छ । 

आइतवार (७ अगस्ट) सम्म हुने भनिएको अभ्यासको अवधि अर्को हप्तासम्मका लागि बढाइएको समेत खबर आएको छ । ताइवानको मुख्य टापुमा आक्रमणको तयारी गर्ने किसिमको (सिमुलेटेड अट्याक) अभ्यास पनि चिनियाँ सेनाले गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । त्यसक्रममा चीनका अनेकौं जहाज र विमानहरू ताइवान जलसन्धि (स्ट्रेट) मा अभ्यास गरिरहेका छन् । 

चीनले आफ्नो अभीष्ट स्पष्ट पार्नका लागि चिनियाँ मुख्यभूमि र ताइवान टापुबीचमा रहेको मध्यवर्ती रेखा (मिडियन लाइन) लाई समेत उल्लंघन गरेको छ । उक्त अनधिकारिक बफर जोनलाई यसअघि चिनियाँ र ताइवानी विमान तथा जहाजले उल्लंघन गर्दैनथिए ।

प्रकाशित मिति: : 2022-08-07 16:47:00

प्रतिकृया दिनुहोस्