१८ अर्ब सकियो, तर बागमतीको ‘ढल’ सफा भएन

सरकारले बागमती सफाइका नाममा २८ वर्षमा १८ अर्ब सकाएको छ । तर, बागमती झन् ढलमती बनेको छ । विनियोजित बजेट कर्मचारीको सुविधाभोगमा दुरुपयोग भएको छ। बागमती र यसका सहायक नदी सरसफाइ, ढलमुक्त र संरक्षणका लागि छुट्टै निकाय नै बनाएर २८ चैत ०५१ देखि ०७८/७९ सम्म १७ अर्ब ८१ करोड ३२ लाख खर्च भएको छ । तर, बागमतीमा सफा पानी होइन, ढल बग्छ । बागमती सभ्यताका कुनै एक क्षेत्र पनि ढलमुक्त हुन सकेका छैनन् । 

२८ वर्षमा बागमती सफाइका लागि विनियोजित बजेट भने २२ अर्ब थियो । ०७८/७९ मा मात्रै चार अर्ब सात करोड ८० लाख विनियोजन भएकोमा दुई अर्ब ७४ करोड २६ लाख मात्र खर्च भएको थियो । अघिल्लो वर्ष ०७७/७८ मा दुई अर्ब १७ करोड ७० लाख खर्च भएको थियो । ०७७/७८ सम्मको बेरुजु नै ९७ करोड ६१ हजार छ । बस्तीका ढल सीधै बागमती र यसका सहायक नदीमा मिसिन्छन् । बर्खायाममा नदीमा पर्याप्त पानी हुने भएकाले बगाएर लैजाने भए पनि बाँकी नौ महिना ढल बगिरहेको हुन्छ । 

प्रकाशित मिति: : 2022-08-07 16:39:00

प्रतिकृया दिनुहोस्