मेगा बैंकले गर्‍यो अर्फान होमलाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण

मेगा बैंक नेपाल लिमिटेड लुम्बिनी प्रदेशले अभियान नेपाल (अर्फान होम) तानसेन पाल्पालाई शनिबार खाद्यान्न तथा शैक्षिक सामाग्रीहरु वितरण गरेको छ।

मेगा बैंकका लुम्बिनी प्रदेशमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले आफ्नो आम्दानीमध्येबाट थोरै रकम भएपनि सामाजिक सेवामा लगाउने सोचले स–सानो रकम  स्वेच्छिक रुपमा संकलन गरि उक्त रकमबाट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तगर्त अर्फान होम तानसेनलाई मेगा बैंकका लुम्बिनी प्रदेश प्रमुख विश्व पौडेल, प्रदेश बजार प्रमुख आविश्कार खनाल, प्रदेश कर्पोरेट रिलेशनसिप म्यानेजर सरोज भण्डारी तथा तानसेन शाखा कार्यालयका कर्मचारीहरुले खाद्यान्न तथा शैक्षिक सामाग्रीहरु वितरण गरिएको हो।

कार्यक्रममा अर्फान होमका विद्यार्थीहरुलाई चामल, दाल, तेल, विद्यालय झोला, टिफीन बक्स र पानीको बोतलहरु वितरण गरिएको तानसेन शाखाका शाखा प्रबन्धक विष्णु प्रसाद भण्डारीले जानकारी दिए।

बैंकले सहयोग स्वरुप प्रदान गरिएका सामाग्रीहरुले बालबालिकाहरुलाई पठनपाठनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

उक्त कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेड लुम्बिनी प्रदेश प्रमुख विश्व पौडेलले बैंकले सामाजिक उत्तरदायित्व अन्तगर्त कर्मचारीहरुबाट स्वेच्छिक संकलन गरिएको रकमले यस्ता किसिमका सहयोगका कार्यक्रमहरु गरिएको बताए। 

पौडेलले मानव सेवा नै सर्वोपरी सेवा भएको भन्दै यस्ता सहयोगी कार्यक्रमहरु निरन्तर गर्दै जाने विचार व्यक्त गरे। 

प्रदेश बजार प्रमुख आविश्कार खनाल, तानसेन शाखाका शाखा प्रबन्धक विष्णु प्रसाद भण्डारीले कार्यक्रमका विषयमा आफ्ना धारणाहरु राखेका थिए। 

संस्थाका अध्यक्ष पून नारायण श्रेष्ठले बैंकका कर्मचारीहरुद्धारा स्वेच्छिक संकलन गरिएको रकमले विद्यार्थीहरुलाई राहत वितरण गरेकोमा उत्साहित भएको बताउँदै धन्यवाद ज्ञापन गरे।

बैंकले शुक्रबार नेपालगञ्जको मानवसेवा आश्रम, शनिवार दाङ्गको घोराहीमा रहेको नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रमा समेत विभिन्न सामाग्रीहरु वितरण गरि सहयोग गरेको छ। साथै रुपन्देहीको सैनामैना र अमुवा, नवलपरासीको वर्दघाटमा समेत यस्तै प्रकारका सामाजिक कार्यहरु आगामी हप्ता सम्पन्न गर्ने मेगा बैंक लुम्बिनी प्रदेशका प्रदेश प्रमुख विश्व पौडेलले जानकारी दिए। 

प्रकाशित मिति: : 2022-08-06 21:07:00

प्रतिकृया दिनुहोस्