सोमबार, १५ डिसेम्बर २०२५

अष्ट्रेलियामा वीपी विचार सङ्ग्रह केन्द्रको शाखा

बिएल संवाददाता

बिएल संवाददाता

अष्ट्रेलिया
Breaknlinks
• • •

अष्ट्रेलियामा वीपी विचार सङ्ग्रह केन्द्रको शाखा गठन भएको छ।

शाखाको अध्यक्षमा उज्ज्वल ढकाल, सचिवमा निशा ढकाल, कोषाध्यक्षमा ईश्वर खड्का, सदस्यमा नवीन घले र आविष्कार रिमाल रहेका छन्। यो केन्द्र नेपालमा रहेको वीपी सङ्ग्रहालयमा आबद्ध हुनेछ।

शाखा गठनका अवसरमा सङ्ग्रहालयका संस्थापक अध्यक्ष तथा कांग्रेसका नेता परशुराम पोखरेलले वीपी कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा दिएकाे योगदानको चर्चा गरेका हुन्।

अष्ट्रेलियामा धेरै प्रजातन्त्रवादी नेपाली युवा रहेको अवस्थामा केन्द्रको स्थापनाले वीपी विचारको अध्ययन, अनुसन्धानलगायत क्षेत्रमा नयाँ काम हुने विश्वास व्यक्त गरेका छन्।

यसअघि सङ्ग्रहालयका अध्यक्ष तथा कांग्रेस नेता पोखरेलले अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाश पोखरेलसित भेट गरी नेपाली समाजको अवस्था, विद्यार्थीले भोग्नु परेको समस्या लगायतका विषयमा छलफल गरेका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!