काठमाडौंको लैनचौरबाट बुधबार साँझ एक चिनियाँ नागरिक अपहरणमा परेका छन्।
अपहरणकारीले चिनियाँ नागरिकलाई उनको फ्ल्याटबाट अपहरण गरी गोंगबुको एउटा होटलमा बन्धक बनाएका थिए।
उनीहरुले फ्ल्याटबाट ८ लाख नगद र २७ वटा मोवाइल लुटेर एक करोड फिरौती मागेका थिए। ५० लाखमा अपहरणमुक्त गर्ने सहमति भएपछि आफन्तको सहयोगमा प्रहरीले उनलाई अपहरणमुक्त गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार टोलीले गएराति चिनियाँलाई गोंगबुको एक होटलबाट उद्दार गरेको थियो। अपहरणमा संलग्न ६ जनालाई पक्राउ गरेकाे छ।