नाच्दानाच्दै दीपकले पछ्याएको ओलम्पिक सपना

अनलाइनखबर

गोविन्दराज नेपाल

सन् २००९/१० तिर नेपालमा बी-बोइङप्रति युवा पुस्ताको आकर्षण उल्लेख्य थियो । शरीरलाई लचकदार बनाएर आश्चर्यजनक स्टेपबाट दर्शकलाई मनोरन्जन दिलाउने नृत्य विधाले तेक्वान्दो सिक्दै गरेका दीपक लामालाई पनि आकषिर्त गर्‍यो । युट्यूबमा भिडियो हेर्दै नाच्न थाले ।

त्यही बी-बोइङ उनका लागि सन् २०२४ मा हुने पेरिस ओलम्पिकसम्म पुग्नसक्ने बाटो बनेको छ ।

सन् २०१८ मा अर्जेन्टिनामा आयोजित युथ ओलम्पिकमा परीक्षण गरिएको डान्स स्पोर्टसअन्तर्गत ब्रेकिङ डान्स -बी-बोईङ)लाई पेरिस ओलम्पिकमा आधिकारिक खेलका रुपमा समावेश गरिएको छ । दीपक पनि त्यसका लागि मिहिनेत गरिरहेका छन् । उनलाई पेरिस ओलम्पिकसम्म पुग्न सघाउने उद्देश्यले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी -आईओसी)ले ओलम्पिक छात्रवृत्ति उपलब्ध गराएको छ ।

प्रकाशित मिति: : 2022-08-04 10:49:00

प्रतिकृया दिनुहोस्