सोमबार, १५ डिसेम्बर २०२५

पर्यटकीय स्थल बन्दै भार्से गाउँ

Breaknlinks
• • •

गुल्मी जिल्लाकै सबैभन्दा धेरै मगर बस्ती भएको गाउँ हाे, भार्से। यो समुदायको आफ्नो परम्परागत रीतिरिवाज, भेषभुषा, भाषाकला, संस्कृति र पहिचान जीवितै छ। भार्सेमा पर्यटकलाई थप आर्कषित गर्न बौद्ध स्तुपासंगै नजिकै फन पार्क निर्माण गरिएको छ।

गुल्मी जिल्लाकै सबैभन्दा अग्लो स्थान थाप्लेको काखमा अवस्थित भार्से गाउँ प्राकृतिक रुपमा पनि निकै सुन्दर छ। सत्यवती गाउँपालिका–८ भार्सेको देउराली डाँडामा डेढ करोडमा बौद्ध स्तुपा निर्माणको काम भइरहेको छ। स्तुपा निर्माणको नेतृत्व भार्सेली समाज हङकङले गरेको छ।

भार्से देउरालीबाट उत्तरका धौलागिरी, अन्नपूर्ण र माछापुच्छ्रेलगायतका मनमोह हिमश्रृङखला र गुल्मीसहित पर्वत, बाग्लुङ, म्याग्दी, पाल्पा र स्याङ्जाका महत्वपूर्ण दृश्यावलोक गर्न सकिन्छ। अहिले पनि यहाँ दैनिक ६०/७० जना पर्यटक भित्रिने गरेका छन्।

स्तुपा र पार्कसंग थाप्ले, खानीदेखि प्रसिद्ध स्थान राम पाइलालाई जोडेर पर्यटकीय विकास, संरक्षण र प्रचारप्रसार अगाडि बढाउने लक्ष्य रहेको छ।

भार्सेली मगरहरुको कला संस्कृतिको संरक्षणसंगै पर्यटकीय सम्भावना देखेर चार वर्षदेखि होमस्टे सञ्चालन गरिएको छ।

भार्से गाउँ पछिल्लो समय थुप्रै पर्यटकको रोजाइमा परेको छ। यसलाई अझै व्यवस्थित बनाएमा पर्यटकको आगमनले अर्थोपार्जनमा समेत ठुलो सहयोग पुग्ने देखिन्छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!