प्युठानमा जीप दुर्घटना हुँदा १ जनाको मुत्यु, १४ घाइते

प्युठानमा जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ आउँदै गरेको लु ३ च ३५३ नम्वरको जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका–३ की ३२ वर्षीया गुडिया ठाकुरको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा १४ जना घाईते भएका छन्। ती मध्ये ९ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ। प्रहरीका अनुसार रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानीय जीप रिजर्व गरेर शुक्रवार तिर्थयात्राका लागि स्वर्गद्वारी आएका थिए।जीपमा १७ जना सवार थिए। प्युठानको स्वर्गद्वारी नगरपालिका– ४ भ्यागुतेमा शनिवार मध्यान्ह जीप दुर्घटनामा भएकाे हाे ।

प्रकाशित मिति: : 2022-07-30 14:45:00

प्रतिकृया दिनुहोस्