‘गुरु’ बन्न प्रयासरत गुरुमाहरूलाई जीवनको कला सिकाउँदै सुष्मा, ‘खुशी भएर बाँच्नु मामुली कला पक्कै होइन!’

पहिलोपोष्ट

काठमाडाैँ

स्याङ्जाको वालिङमा रहेको सयपत्री बालविकासकी शिक्षिका मल्लिका राना एक महिनाको लागि काठमाडौंमा छिन्। बालबालिकालाई मन्टेश्वरी पद्धतिबाट पढाउने तालिम लिन उनी काठमाडौं आएकी हुन्।

एक सातामात्र भयो उनले यहाँ तालिम सुरु गरेको। उनलाई सिकाइएको यो नयाँ पद्धतिबाट बालबालिकालाई अझ राम्रोसँग पढाउन सक्छु भन्ने आत्मविश्वास बढेको छ।

मल्लिकासँगै सिक्ने समूहमा मिसिएकी छिन् बाह्रबिसे-६ डाँडाकटेरीमा रहेको सेतीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक राधा न्यौपाने पनि। उनलाई पनि अन्य शैक्षिक तालिम र सिकाइभन्दा यसपटक फरक अनुभूति भइरहेको छ।

‘साना बालबालिकालाई हातको सिपदेखि व्यवहारिक ज्ञान दिलाउने र फरक तरिकाले व्यवहार गर्न सिकाउने यो तालिम असाध्यै राम्रो लागिरहेछ। यसअघि सरकारी तवरबाट विभिन्न तालिम लिएको त हो तर यो अरुभन्दा फरक किसिमको रहेछ। बालबालिकालाई कसरी सिकाउने भन्ने सिप यहाँ पाठ्यक्रममै सिकिरहेछु,’ उनले भनिन्।

प्रकाशित मिति: : 2022-07-29 17:44:00

प्रतिकृया दिनुहोस्