सीके राउत बने ओशो सन्यासी !

अनलाइनखबर

काठमाडौं

‘आनन्द मैत्रयको रुपमा नयाँ जन्म भएकोमा धेरै बधाई । साथै ओशो परिवारमा भव्य स्वागत छ सीके राउतज्यू ।’

अभिनेत्रीबाट सन्यासी बनेकी शोभिता सिंखडाले आफ्नो फेसबुकमा यस्तो लेखेकी छन् । यससँगै उनले सार्वजनिक गरेकी छन्, डा. सीके राउतको तस्वीर । फोटो हेरेरै लख काट्न सकिन्छ, राउत ओशो सन्यासी भए ।

कुनैबेला ‘स्वतन्त्र मधेश’को माग राखेर चर्चामा आएका राउत अहिले जनमत पार्टी खोलेर बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थामा होमिएका छन् । उनको पार्टीले गत स्थानीय तहको निर्वाचनमा सप्तरीका केही पालिकामा जीत पनि हासिल गरेको छ ।

आफूलाई ‘गान्धी र बुद्धको बाटोमा रहेको’ बताउने राउतले यसअघि ‘स्वतन्त्र मधेश’को नाममा हिंसात्मक आन्दोलनको नेतृत्व गरेकै कारण पटकपटक पक्राउ पनि परे ।

 

प्रकाशित मिति: : 2022-07-29 15:26:00

प्रतिकृया दिनुहोस्