गृहमन्त्री खाँण र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता

फाइल तस्विर
फाइल तस्विर

गृहमन्त्री बालकृष्ण खाँण र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएकाे छ। दाहाल निवास खुमलटारमा भएकाे भेटमा राष्ट्रिय राजनीतिक र समसामयिक विषयवस्तुबारे कुराकानी भएकाे छ।

सत्ता गठबन्धनमा रहेकाे माओवादीसङ्ग बिहीबार मात्रै पास भएकाे नागरिकता विधेयक, अब कसरी अगाडि बढ्ने, निर्वाचन मिति घाेषणालगायत विषयमा कुराकानी भएकाे बताइएकाे छ। अध्यक्ष दाहालले विभिन्न सार्वजनिक कार्यक्रममा केही दिनमै निर्वाचनकाे मिति घाेषणा हुने बताएका थिए।

गृहमन्त्री खाँणले बिहीबार साँझ माओवादी नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरासङ्ग पनि उनकै निवासमा पुगेर कुराकानी गरेका थिए।

प्रकाशित मिति: : 2022-07-29 09:46:00

प्रतिकृया दिनुहोस्