बिएल संवाददाता
गुल्मीकाे सत्यवती गाउँपालिका– ८ का वडा अध्यक्ष हाेमबहादुर रानाले विवाहित महिलालाई अविवाहित भनेर सिफारिस गरेपछि सामाजिक सञ्जालमा उक्त सिफारिस पत्र भाइरल भएकाे छ।
साेमबार वडाध्यक्ष रानाले साेही वडाका रामबहादुर आलेकी श्रीमती गाैमाया आलेकाे कहीँ कतै विवाह नभएकाे भनेर सिफारिस गरेका थिए। साेही पत्रकाे माथिल्लाे अंशमा रामबहादुर आलेकी श्रीमती भनिएकाे छ भने त्यसकै अन्तिम वाक्यमा उनकाे कहीँ कतै पनि विवाह नभएकाेले अविवाहित हुन् भनेर उल्लेख गरिएकाे छ।
यसरी विवाहित महिलालाई अविवाहित भनि सिफारिस गरेपछि साे सिफारिस पत्र सामाजिक सञ्जालमा भाइरल भएकाे हाे।
वडा अध्यक्ष रानाले भने प्राविधिक गड्बढीले यस्ताे भएकाे बताएका छन्। ‘हाे, त्याे सिफारिस मैले गरेकाे हाे,’ वडा अध्यक्ष रानाले बिएल नेपाली सेवासँग भने,‘उहाँकाे श्रीमानकाे मृत्यु भएकाे छ, त्यसैले उहाँ सामाजिक सुरक्षा भत्ताकाे लागि एकल महिला भएकाे सिफासिस बनाउन आउनु भएकाे हाे, हामीले हिजाे रातिसम्म काम गरिरहेका थियाैँ, हतारमा मिस्टेक भएछ।’
उनकाअनुसार गाैमायाका श्रीमानकाे मृत्यु भएकाेले सामाजिक सुरक्षा भत्ताकाे लागि एकल महिला भएकाे प्रमाण बनाउन वडा कार्यालय पुगेकी हुन्।
त्यस्तै, आइतबार गलत सिफारिस गरेकाे वडाले आज हिजाेकै मिति उल्लेख गरेर गाैमायालई अर्काे पत्र बनाइदिएकाे छ। जसमा उनका श्रीमान रामबहादुर आलेकाे मिति २०७७ वैशाख १ गते निधन भएकाे र त्यसपश्चात कहीँ विवाह नगरेकाे उल्लेख गरिएकाे छ।

सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया